+
+

स्वार्थ पूरा नभएपछि अराजकले पार्टी छाडे : एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते ११:२०

७ भदौ, सुर्खेत । सुर्खेतका मोहन बडुवाल सहितको नेताहरु एमालेमा फर्किएपछि नेकपा (एकीकृत समाजवादी)ले उनीहरुलाई अराजकको संज्ञा दिएको छ ।

एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले विज्ञप्ति जारी गर्दै केही अराजकहरुको स्वार्थ पूरा नभएपछि एमालेमा प्रवेश गरेको आरोप लगाएको हो।

‘एकीकृत समाजवादीसँग आबद्ध सुर्खेतका केही अराजक व्यक्तिहरु व्यक्तिगत स्वार्थ पूरा नभएका कारण एमालेमा प्रवेश गरिएको विषयलाई जिल्लामा पार्टी नै समायोजित भयो भनि गरिएको प्रचार निराधार र भ्रामपूर्ण रहेको अवगत गराउँन चाहान्छौं,’ प्रदेश अध्यक्ष अमरबहादुर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पार्टीको संगठनबाट कोही अलग हुँदैमा पार्टीको घोषित लक्ष्य उदेश्य अनुरुपको गतिशीलतामा कुनै कमी नहुने अध्यक्ष थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

एकीकृत समाजवादी सुर्खेतका जिल्ला अध्यक्षसमेत रहेका बडुवालसहितका केही नेताहरु बुधबार एमालेमा फर्किएका थिए । एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टीमा प्रवेश गराएका थिए ।

पार्टी विभाजन हुनुअघि बडुवाल नेकपा एमालेको जिल्ला सचिव रहेका थिए । पार्टी विभाजनपछि भने उनी समाजवादीमा लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?