+
+

खुंखार डाँकु हुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?

एजेन्सी एजेन्सी
२०८० भदौ ७ गते १४:०६
प्रिगोजिनको फाइल तस्वीर र उनी चढेको विमान दुर्घटनास्थल, यो दुर्घटनामा उनको मृत्यु भएको छ ।

७ भदौ, काठमाडौं । रुसले पालेको लडाकु दस्ता वागनर समूहका कमाण्डर हुन् येवगेनी प्रिगोजिन । उनको विगत र वर्तमान खुंखार छ ।

विगतमा क्रुर डाँकु उनी वर्तमानमा क्रुर लडाकु थिए । मस्कोले युक्रेन हान्न खटाएका भाडाका लडाकु समूहका कमाण्डर प्रिगोजिनले गत मस्कोनै हल्लाउन खोज्ने दुस्साहस गरेका थिए । वागनर समूहले मस्कोमा सशस्त्र हमला गरेको थियो ।

पुटिनको निकट भएर उनलाई नै चुनौती दिएका प्रिगोजिनको हवाइ दुर्घटनामा निधन भएको छ । रुसको तेवेर सहरमा उनी सवार जहाज दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यो दुर्घटनालाई लिएर विभिन्न अड्कलबाजीहरु भएका छन् ।

बीबीसी मोनिटरिङ्ग रुसका सम्पादक विटाली शेवचेन्कोले आफूसँग केही प्रत्यक्षदर्शी हुँ भन्नेले विमानलाई खसालिएको दाबी गरेको बताएका छन् । तर उनीहरुको भनाइलाई पुष्टि गर्ने प्रमाण भने फेला परेको छैन ।

को हुन् त प्रिगोजिन ?

सन् १९६१ मा रूसको पिटर्सबर्गमा जन्मिएका थिए  येवगेनी प्रिगोजिन । २० को दशकको अधिकांश उमेर उनले जेलमै विताए । क्रुर डकैतीका कारण उनी पटक-पटक जेल परेका थिए । सोभियत युनियनको अन्त्यको अवधितिर उनले फास्टफुड रेस्टुरेन्ट खोले । विस्तारै उनले चेन सुपरमार्केट र रेस्टुरेन्ट चलाए । व्यापारी भएपछि उनले प्रभावशाली व्यक्तिसँग साँठगाँठ बनाए । त्यसमध्ये एक थिए पुटिन ।

एक दशकसम्म उनले हाइप्रोफाइलका क्याटरिङ चलाए । उनले वेलायती राजकुमार चार्ल्सका साथै अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुससम्मलाई क्याटरिङ सेवा दिएका थिए । सरकारी र उच्चपदस्थबाट क्याटरिङ सम्बन्धी ठेक्का लिएर उनले राम्रै सम्पत्ति कमाए ।

पुटिनसँग सन् २०१४  प्रिगोजिन निकट भएका थिए । त्यसबखत प्रिगोजिनले लडाकु दस्ता खडा गरे वागनर समूह । उसकै सहयोगमा त्यहाँ सशक्त सैन्य हस्तक्षेप भएको थियो । पुटिनलाई सहयोग गरिरहेको वागनर कहिल्यै पनि कमजोर भएको छैन ।

वागनरले रूसका लागि अफ्रिका, मध्यपूर्वपछि युक्रेनमा लडेको छ । सिरियामा बसर-अल असदको सत्ता जोगाउनका लागि वागनरनै लडेको थियो । वागनरले कुनै पनि युद्ध कानुन मान्दैन । उनीहरू धेरैनै आक्रामक र हिंस्रक ढंगबाट लड्दै विपक्षीलाई हायलकायल पार्छन् । आफ्नो लक्ष्य पूरा गर्नका लागि आफ्नो समूहका सदस्य गुमाउन पनि उनीहरू पछि पर्देनन् । वागनर असाध्यै खुंकार र सीपले पोख्त लडाकुमा गणना हुन्छ ।

बख्मुत आक्रमणका लागि पठाएको हुनाले वागनरसँग असाध्यै अत्याधुनिक हतियार र बख्तरबन्द सवारीसाधन छन् । वागरनको लडाकु सदस्यप्रति प्रिगोजिन निकै संवेदनशील थिए । युक्रेनको लडाइँमा अग्रपंक्तिमा रहेको वागनरलाई रुसको रक्षामन्त्रालयले पर्याप्त हतियार उपलब्ध नगराउँदा आफ्ना धेरै सदस्य मारिएको भन्दै त्यसको मूल्य रुसले चुकाउनुपर्ने उनले चेतावनी दिएका थिए ।

मस्को लक्षित आक्रमणको दौरान रक्षा मन्त्री सर्गेइ लाभ्रोभलाई ललकार्दै प्रिगोजिनले भनेका थिए,’मेरा लडाकु तिमीहरुले हतियार नदिएको कारण मरे । रुसको लागि  म निकै लडेँ अब मेरो लडाकुको अधिकारका निम्ति लड्दैछु । लडाइँ मैदानको अग्रभूमिमा खटाएर हतियार नदिने रक्षा मन्त्रीको हत्या बाहेक वागर समूहको अर्को उद्देश्य छैन ।’

वागर समूहको आक्रमण २४ घण्टामै साम्य भएको थियो । बेलारुसका राष्ट्रपति अलेक्सजेण्डर लुकासेन्कोको मध्यस्थतामा प्रिगोजिन र पुटिनबीच वार्ता समेत भएको थियो । केही समय निर्वासनपछि प्रिगोजिन मध्ये अफ्रिकातिर पुगेका थिए । गत साता त्यहाँबाट भिडिओ सार्वजनिक गर्दै उनले रुसलाई बलियो बनाउनका लागि अझै लड्ने बताएका थिए ।

‘हामी ५० डिग्री सेल्सियस भन्दा बढीको तापक्रममा काम गरिरहेका छौं । हामीलाई विश्वास छ यो कर्मले रुसलाई यस महाद्वीपमा अझै बलियो बनाउनेछ  भने अफ्रिकालाई इस्लामिक लडाकुको प्रभावबाट मुक्त गराउँदै थप स्वतन्त्र बनाउनेछ ।’

उनको मृत्युसँगै अब वागनर समूह के होला?

यस हवाइ दुर्घटनालाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । कतिपयले रूसलेनै उक्त विमान खसालेको बताएका छन् । अमेरिकी जासुरी संयन्त्र सीआईएका प्रमुख विलियम बर्नसले भनेका छन्, ‘प्रिगोजिनले पुटिनसँग बदला लिन खोजे । पहिले स्थिति साम्य पारेर अहिले पुटिनले उनीसँग बदला लिए ।’

यो घटनाको पछाडी पुटिनकै हात रहेको उनको जिकिर छ । वागनर समूहले मस्को लक्षित आक्रमण गरेसँगै त्यस लडाकु दस्तालाई युक्रेनमा कमै जिम्मेवारी दिइएको थियो । युक्रेनपछि वागनर समूह अफ्रिकाको मिसनमा केन्द्रित थियो ।

दुर्घटनामा वागनरका कमाण्डर प्रिगोजिन मात्रै नभएर सिरियामा वागनरबाट लडेका प्रभावशाली लडाकु दिमित्री उत्किन पनि परेका छन् । उनकै उक्साहटमा प्रिगोजिनले मस्को लक्षित आक्रमण थालेको बताइन्छ । वागनर समूहले आफ्नो लडाकु दस्ताबाट एक तिहाइ संख्या कटौती गरेको  थियो ।

उनको मृत्युपछि त्यस समूहलाई अरुले हाँक्नै नसक्ने टिप्पणी भइरहेको छ । पूर्व हवाइ मार्सल तथा सैन्य विश्लेषकले प्रिगोजिनको मृत्यु र वागनरको भविष्यबारे टिप्पणी गर्दै भनेका छन्, ‘प्रिगोजिनको उपस्थिति बिना वागनर समूह केही पनि होइन । प्रिगोजिनबिना वागनर दाह्रा र नंग्रा भाँच्चिएको बाघझैँ हुनेछ । अब त्यस लडाकु दस्ताको पतन हुनेछ ।’

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?