+
+

विनय अधिकारीले गरे एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

बेलायत निवासी विनय अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १९:१२

७ भदौ, काठमाडौं । बेलायत निवासी विनय अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपालमा थुप्रै व्यवसाय सञ्चालन गरिरहेका उनी गोरखाको फुजेलमा जन्मिएका हुन् । अहिले उनी बेलायतको क्याम्रिज विश्वविद्यालयबाट राजनीतिक तथा सामाजिक शास्त्रमा पीएचडी गर्दैछन् । संघको ११औं महाधिवेशन १७ अक्टोबरदेखि सुरु हुँदैछ ।

उनले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीको समेत भूमिका रहने भन्दै त्यसमा आफूले पहल गर्ने बताएका छन् । विकासको मूल प्रवाहमा गैरआवासीय नेपालीलाई आवद्ध गर्न राष्ट्रिय योजना आयोगसँग सहकार्य गर्ने उनको भनाइ छ ।

विदेशमा पढिरहेका विद्यार्थीलाई इन्टरसिपमा नेपाल पठाएर ज्ञान र सीपको उपयोग गर्ने वातावरण बनाउने समेत उनले बताए । आफ्नो उम्मेदवारी निर्वाचनसम्म कायम रहने भन्दै उनले सोही अनुसार निर्वाचनमा होमिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?