+
+

अमेरिकी दूतावासको समर मुभी सिरिजअन्तर्गत ‘वेस्ट साइड स्टोरी’ प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १६:२२

काठमाडौं । अमेरिकी दूतावासको समर मुभी सिरिजअन्तर्गत बिहीबार बेलुका स्टिभन स्पिलबर्ग निर्देशित चर्चित हलिउड फिल्म ‘वेस्ट साइड स्टोरी’ प्रदर्शन गरिएको छ । क्यूएफएक्सको लाबिम हलमा आयोजित फिल्मको स्क्रिनिङमा दर्शकले यो म्युजिकल रोमान्टिक ड्रामाको मजा लिए ।

९४ औं ओस्कार अवार्डमा सर्वश्रेष्ठ फिल्म र सहायक अभिनेत्रीसहितका सात विधामा मनोनित भएको यो फिल्मलाई अमेरिकाको नेसनल बोर्ड अफ रिभ्युले सन् २०२१ का १० उत्कृष्ट फिल्मको सूचीमा समावेश गरेको थियो । साथै, यसलाई २१ औं शताब्दीको सर्वकालीन म्युजिकल फिल्मको रुपमा क्रिटिक्सले लिएका छन् ।

सन् १९५७ को न्युयोर्क सहरको परिवेशलाई चित्रण गरिएको यो फिल्ममा श्वेत अमेरिकी र गहुँगोरो वर्णका पुएर्तोरिकन ग्याङस्टरले वर्चस्वको लागि लड्ने लडाइँको कथा प्रस्तुत गरिएको छ । ग्याङ फाइटसँगै दुई समुदायका युवायुवतीबीचको प्रेममार्फत सहअस्तित्व र सहिष्णुताको सन्देश दिने प्रयास निर्देशकले गरेका छन् ।

कलाकारको अभिनय, स्पिलवर्गको निर्देशन, संगीत पक्ष, भिजुअल शैली र छायांकन विधालाई क्रिटिक्सले निकै प्रशंसा गरेका छन् । निर्देशकले म्युजिकल नम्बरमार्फत संवाद र मर्मलाई चित्रण प्रयत्न गरेका छन् । एनसेल एलगर्ट, रचेल जेगलर, एरिआना डिबोस, डेभिड अल्भारेजको यसमा शीर्ष भूमिका छ ।

समर मुभी सिरिजअन्तर्गत यो फिल्म अन्तिम रहेको दूतावासका पब्लिक अफेयर्स प्रमुख ग्यारेट विल्करसनले बताए । दर्शकको रुचिका अन्य फिल्म सिफारिस गर्न पनि उनले आग्रह गरे । दूतावासले प्रत्येक महिनाको अन्तिम बिहीबार फिल्म स्क्रिनिङ गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?