+
+

उपेन्द्र यादव भारत प्रस्थान, एक हप्तापछि फर्किने  

रासस रासस
२०८० भदौ ९ गते १५:११

९ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएका हुन् ।

जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जानेछन् । उनी एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताए ।

यादव भारत भ्रमणमा रहेका बेला जसपाको कार्यबाहक अध्यक्ष राजेन्द्र श्रेष्ठलाई दिइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?