+
+

म्यानचेष्टर युनाइटेडको पुनरागमन जित, आर्सनलको बराबरी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते ८:१९

१० भदौं, काठमाडौं । म्यानचेष्ट युनाइटेडले प्रिमियर लिगमा नटिङ फरेस्टमाथि ३–२ को पुनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडले सानदार पुनरागमन गरेको हो ।

घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेड सुरुआतमै २–० ले पछि परेको थियो ।

ताइवो अवोनियीले दोस्रो र विली बालीले चौथो मिनेटमा गोल गरेपछि नटिङहमले दुई गोलको अग्रता बनाएको थियो । तर त्यो अग्रता लामो समय टिकेन ।

युनाइटेडका क्रिस्टियन एरिक्सनले १७औं मिनेटमा पहिलो गोल गरे । कासेमिरोले ५२औं मिनेटमा गोल गरेपछि युनाइटेडलले खेल २-२ को बराबरीमा ल्यायो ।

त्यसपछि कप्तान ब्रुनो फर्नान्डजले ७६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई जित दिलाए । त्यसअघि ६७औं मिनेटमा जो वरलले रातो कार्ड पाएपछि नटिङहम १० खेलाडीमा समेटिएको थियो ।

दोस्रो जितपछि तीन खेलबाट ६ अंक जोडेको युनाइटेड छैटौं स्थानमा छ ।

अर्को खेलमा आर्सनल र फुलहमले २-२ को बराबरी खेल्खै अंक बाँडेका छन् । दुवै टिमले खेलमा एक-एक पटक अग्रता लिए पनि जोगाउन सकेन ।

खेलको पहिलो मिनेटमै आन्द्रेस परेइरले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । तर बुकायो साकाले आर्सनलका लागि बरनबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि एडवार्ड एनकेतिहले गोल गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । तर खेल सकिन तीन मिनेट अगाडि जाओ पाल्हिन्हाले फुलहमका लागि बराबरी गोल गरे ।

बराबरीपछि आर्सनलको ३ खेलबाट ७ अंक भएको छ । वेष्टहमसँग समान भए पनि गोल अन्तरमा पछि हुँदा आर्सनल तेस्रो स्थानमा छ ।

ब्राइटनलाई ३–१ ले पराजित गर्दै दोस्रो जित निकालेको वेष्टहम ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ । पहिलो हारपछि ब्राइटनको अपराजित यात्रा सकिएको छ । तीन खेलबाट ६ अंकसहित ब्राइटन चौथो स्थानमा छ । अन्य खेलमा वल्भ्सले एभरटनलाई १–० ले हरायो भने ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले १–१ को बराबरी खेले ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?