+
+

हलिउड हड्तालबीच सुरु हुँदै भेनिस फिल्म फेस्टिभल, सुनसान हुनेछ रेडकार्पेट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १३:३५
फाइल तस्वीर

काठमाडौं । प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलले अर्को साता ८० औं संस्करण मनाउँदैछ । तर हलिउड हड्तालका कारण विश्वकै पुरानो मानिने यो फेस्टिभलमा रोमन पोलास्न्की र वुडी एलेनबाहेकका स्टार उपस्थित हुनेछैनन् ।

बुधबारदेखि सुरु हुने यो फेस्टिभल आगामी ओस्कार अवार्डका लागि प्रवर्द्धन अभियान थाल्ने पहिलो अवसर समेत बन्नेछ । तर हलिउड हड्तालका कारण ६० वर्ष पुरानो इतिहास बोकेको फेस्टिभल स्टारविहीन बन्नेछ किनभने कलाकारलाई फेस्टिभलमा बोल्न र उपस्थित हुन प्रतिबन्ध लगाइएको छ ।

दुःखद् कुरा के छ भने भेनिस प्रिमियरबाट अभिनेत्री एम्मा स्टोन हराउनेछिन् । उनले फ्रान्केनस्टाइन जस्तो प्राणीको भूमिका निर्वाह गरेको फिल्म ‘पुअर थिंग्स’को विश्व प्रिमियर भेनिसमा हुँदैछ । साथै, अभिनेता तथा निर्देशक ब्राड्ली कुपर जसले संगीतकार लियोनार्ड बर्नस्टाइनबारे निर्देशन गरेको फिल्म ‘माएस्ट्रो’ पनि प्रिमियर हुँदैछ । कुपर पनि भेनिसमा उपस्थित हुनेछैनन् ।

जे होस्, फिल्म देखाइँदैछ र धेरै नाम चलेका निर्देशक पनि भेनिसमा उपस्थित हुँदैछन् । जसले सेप्टेम्बर ९ मा घोषणा हुने शीर्ष पुरस्कार गोल्डेन लायनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

सोफिया कोपोलाले एल्विस प्रेस्लीकी पत्नीको बारेमा बायोपिक फिल्म ‘प्रिस्किला’ प्रस्तुत गर्दैछिन् । डेभिड फिन्चर ‘द किलर’ मार्फत फर्कंदैछन् । हड्तालको प्रमुख असर जेन्डाया अभिनित टेनिस ड्रामा ‘च्यालेन्जर्स’लाई हुने देखिएको छ । फेस्टिभलको ओपनिङ फिल्मको रुपमा रहेको यो फिल्मको प्रिमियरमा जेन्डाया उपस्थित नहुने भएपछि फिल्मको प्रिमियर अर्को वर्षलाई सारिएको छ ।

वुडी एलेन र रोमन पोलन्स्कीलाई सहभागी हुँदा धेरैको ध्यान तानिने त छ तर यसले फेस्टिभललाई नै विवादमा तान्न सक्छ किनभने उनीहरु हलिउडमा विवादित छन् । ८७ वर्षीय एलेनमाथि धर्मपुत्री मामिलामा  अनुसन्धान भइरहेको छ । जसकारण उनलाई हलिउडले कालोसूचीमा राखेको छ । ९० वर्षीय पोलान्स्की सन् १९७० को दशकमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा अमेरिकाबाट फरार छन् ।

हालै बलात्कारको आरोपबाट सफाइ पाएका फ्रान्सेली निर्देशक लुक बेसन उनको फिल्म ‘डगम्यान’लाई लिएर प्रतिस्पर्धामा छन् । फेस्टिभल निर्देशक अल्बर्टो बारबेराले अनुसन्धानकर्ता र अदालतले सफाइ दिइसकेकाले उनीहरुलाई पनि महोत्सवमा समावेश गरिएको प्रष्टीकरण दिएका छन् ।

वार्ता असफल भएपछि हलिउड कलाकार जुलाइदेखि हड्तालमा छन् । मे महिनादेखि लेखकहरुले हड्ताल थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?