+
+

नेपालका ५ क्रिकेटर बिग ब्यासको ड्राफ्टमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १८:४७

११ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीका ५ खेलाडी बिग ब्यास लिगको ड्राफ्टमा परेका छन् ।

अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिगमा सन्दीप लामिछानेसहित युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका हुन् ।

लामिछानेले पहिले नै बिग ब्यास खेलिसकेका छन् ।

देव खनाल नेपालका यू–१९ कप्तान समेत हुन् । अर्जुन साउद विकेटकिपर ब्याटर हुन् । अर्जुन आक्रामक क्रिकेट र उत्कृष्ट किपिङका लागि चिनिन्छन् ।

आसिफ शेख नेपाली टिमका विकेटकिपर तथा ओपनर ब्याटर हुन् । आरिफ शेख भने नेपालको लागि मध्यक्रम र फिनिसिङ ब्याटर हुन् । उनले मध्यगतिको बलिङ समेत गर्छन् ।

१३ औं संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३७६ खेलाडी ड्राफ्टमा छन् । यी खेलाडीले ८ टिममा रहि खेल्नेछन् । बिग ब्यासको ड्राफ्ट आगमी सेप्टेम्बर ३ मा हुनेछ । बिग ब्यास आगामी डिसेम्बर ७ देखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?