+
+

जनकपुरमा झुलन महोत्सवको रौनक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते १९:१२

११ भदौ, जनकपुरधाम । मिथिलाञ्चलको विशिष्ट पर्वहरुमध्ये एक हो झुलन महोत्सव । अहिले मिथिलाञ्चलका मन्दिरहरुमा प्रत्येक साँझ झुलनोत्सवको रौनक सहजै देख्न सकिन्छ ।

प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मावलम्बी मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाइरहेका छन् । साउन शुक्ल तृतीया तिथिबाट शुरु भएको  झुलनोत्सव साउन पूर्णिमा अर्थात रक्षा बन्धनको दिनसम्म चल्नेछ ।

झुल्नोत्सवमा भगवान सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा रहेको छ । यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि प्रत्येक मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाईएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको छ ।

एकातर्फ भगवान राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन किर्तन र लोक कथाहरु सुनाईने गरिन्छ । साधु समाजमा यो पर्वको विशेष महत्व रहेको छ ।

मणिपर्वत विधिबाट शुरु भएको झुलनोत्सवको क्रममा प्रत्येक साँझ कजरी मलार लगायतको धार्मिक महत्व झल्किने गीत गाएर भगवानलाई झुला झुलाउने परम्परा रहेको छ । तर पछिल्लो समय झुलामा गाइने लोकगीत कजरी, मलार जस्तै झुलाको परम्परा समेत लोपोन्मुख अवस्थामा पुगेको छ ।

यद्यपि, साधु सन्त तथा भक्तजनहरुले भगवान राम जानकीले मनाएको झुला रासको सम्झनामा आफ्नो सुखका लागि यो परम्परालाई बचाएर राखेको महन्थ शरण बताउँछन् ।

मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरी झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको मध्यरातमा झुलनोत्सवको धागो काटेर विधिवत रुपमा सम्पन्न गर्ने धार्मिक परम्परा रहेको छ ।

जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?