+
+

पुटिन र मोदीबीच टेलिफोन संवाद

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते २०:२५

११ भदौ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेका छन् ।

दुवै नेताले द्विपक्षीय सहयोगका विषयमा भएको प्रगतिको समीक्षा गर्नुका साथै हालै दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सम्पन्न ब्रिक्स शिखर सम्मेलनलगायत आपसी सरोकारका क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा विचार आदानप्रदान गरेका भारतीय प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

पुटिनले ९-१० सेप्टेम्बरसम्म नयाँ दिल्लीमा सम्पन्न हुन लागेको जी-२० शिखर सम्मेलनमा भाग लिन असमर्थता प्रकट गरेका छन् । उनले रूसको प्रतिनिधित्व रूसी विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने जानकारी प्रधानमन्त्री मोदीलाई दिएका छन् ।

मोदीले पुटिनको प्रस्तावमा सहमति जनाउँदै  भारतको जी-२० अध्यक्षता अन्तर्गत भएका सबै पहलहरूमा रूसको निरन्तर समर्थनको लागि धन्यवाद दिए।  अगस्ट २५ मा नै  क्रेमलिनले  पुटिन जी-२० नेताहरूको बैठकमा व्यक्तिगत रूपमा भाग नलिने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?