+
+

वामपन्थी नेता टेकनाथ बरालको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १४:५५

१२ भदौ, पोखरा । पोखराका अग्रज वामपन्थी नेता तथा मानवअधिकारवादी टेकनाथ बरालको मंगलबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो ।

राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिका अध्यक्ष सुनिल पाण्डेले बरालको दाहसंस्कार आजै हुने बताए । बराल रक्तचाप र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।

‘खासगरी उहाँको प्रेसर लो थियो । त्यसमा पनि दमले गर्दा उहाँ लामो समयदेखि नै समस्यामा हुनुहुन्थ्यो,’ पाण्डेले भने, ‘अब केहीबेरमा दाहसंस्कार प्रक्रिया पूरा हुन्छ । हामी अस्पतालमै छौं ।’

१९९६ सालमा पोखराको नुवारथोकमा जन्मिएका बराल २००७ सालमै राणाविरोधी आन्दोलनमा सहभागी थिए । २०१३ सालमा उनी रात्री पाठशाला छात्र संगठनको अध्यक्ष भएका थिए ।

२०२१ मा उनीमाथि चोरी आरोप लागेपछि भागेर बनारस पुगेका थिए । सोही क्रममा उनले पुष्पलालको हातबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

बनारसबाट मेट्रिक पास गरेका उनी २०२२ मा नेपाल छात्र संगठनको चुनावमा नेकपाको तर्फबाट सचिव चयन भएका थिए भने ०२९ सालमा पञ्चायतविरोधी गतिविधि गरेको भन्दै देश निकाला भएका थिए ।

२०४६ सालको आन्दोलनमा बाममोर्चा नेतृत्व र ०५० सालमा बाममोर्चाको अध्यक्षका रुपमा काम गरिसकेका छन् । उनी राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिको संस्थापक अध्यक्ष पनि हुन् । पछिल्लो समय उनी सम्पदा संरक्षणको पक्षमा आवाज उठाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?