+
+

‘आईएमई पे’ र कान्तिपुर सिनेमाबीच भुक्तानी सम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १७:११

काठमाडौं । ‘आईएमई पे’ ले कान्तिपुर सिनेमासँग एक्सक्लुसीब पेमेन्ट पार्टनरसीपको सम्झौता गरेको छ ।

५ भदौमा भएको सम्झौता अन्तर्गत कान्तिपुर सिनेमाको एप तथा वेबसाइटमा ‘आईएमई पे’ एकमात्र भुक्तानी साझेदारका रुपमा हुनेछ ।

सम्झौतापत्रमा आईएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिवचन्द्र न्यौपानेले हस्ताक्षर गरेका छन् ।

कान्तिपुर सिनेमा एक ओटीटी प्लेटफर्म हो । जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलालाई स्ट्रिमिङ सेवा प्रदान गरिन्छ ।

ग्राहकको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको ‘आईएमई पे’ ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?