+
+

भन्सार र विद्युत विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १९:३७

१२ भदौ, काठमाडौं । सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यी विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सरकारले प्रतिनिधि सभा सदस्य मान्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

बैठकले सहसचिव दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । त्यस्तै नेपाल औषधि लिमिटेडको महाप्रबन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?