+
+

गुल्मीमा टायर बाल्दा आगोले पोलेर २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते २१:०८

१२ भदौ, गुल्मी । गुल्मी अस्पतालमा बालिका मृत्युको विषयमा छानबिन माग गर्दै भएको विरोध प्रदर्शनमा आगोले पोलेर २ जना घाइते भएका छन् । टायर बालेर गरिएको प्रदर्शनमा दुई जनालाई आगोले पोलेको प्रहरीले जनाएको छ ।

बालिकाको आफन्तले प्रशासन कार्यालय अगाडि नाराबाजी र टायर बाल्ने क्रममा शरीरमा पेट्रोल परेर आगो लाग्दा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाका लक्ष्मण पाण्डे र कृष्ण पौडेल जलेर घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि पाल्पा पठाउने तयारी भएको प्रहरीको भनाइ छ ।

मंगलबार विहान अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–७ काउले निवासी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।

अस्पतालको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका थिए । त्यस क्रममा जिल्ला अस्पतालका प्रमुख डा. राजेन्द्र जिसीमाथि कुटपिट भएको थियो । कुटपिटको विरोधमा जिल्ला अस्पतालका कर्मचारीले आकस्मिकबाहेकका सेवा बन्द गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?