+
+

कपाल खौरिएको लुक्समा देखिइन् झरना

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते ११:५१

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा पुगेकी अभिनेत्री तथा निर्देशक झरना थापाको लुक्स अघिपछि भन्दा भिन्न देखियो । दुई महिनाअघि कपाल खौरिएकी झरना पहिलोपटक नयाँ हेयर-स्टाइलमा सार्वजनिक रुपमा देखिएकी थिइन् ।

उनले त्यहाँ विशेष योगदान सम्मान पनि ग्रहण गरिन् । मुण्डनपछि छोटो कपालमा देखिएकी झरनालाई उपस्थित सबैजसोले उनको हेयरबारे चासो दिए । अनलाइनखबरले पनि उनलाई यसबारे सोधेको थियो ।

दुई महिनाअघि तिरुपति बालाजी तीर्थयात्रामा भारत जाँदा उनले कपाल खौरिएकी हुन् । उक्त तीर्थधाममा कपाल चढाए मनोकांक्षा पूरा हुने विश्वासका साथ झरनाले पनि कपाल खौरिएर त्यहाँ चढाइन् ।

प्रदर्शनको तयारीमा रहेको आगामी फिल्म ‘एक भगवत् गीता’को प्रचारमा समेत उनले कपाल लुकाएर प्रस्तुत हुने गरेकी थिइन् । राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा भने उनले मुण्डन गरिएको कपाल देखाएरै मञ्चमा चढेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?