+
+

कारागार पुगेर शशांकले भेटे बालकृष्ण खाँण

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १२:४१

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन् ।

खाँणलाई भेट्न बुधबार विहान ९ः१५ बजे कोइरला केन्द्रीय कारागार सुन्धारा पुगेका थिए । उनीसँग थप दुई जना अन्य व्यक्ति पनि रहेको कारागार स्रोतले जानकारी दिएको छ । खाँण र कोइरालाबीच करिब १५ मिनेट कुराकानी भएको थियो ।

थुनामा रहेका खाँणलाई कांग्रेस नेताहरु डा शेखर कोइराला, परराष्ट्रमन्त्री एनपी साउद लगायतका नेताहरुले पनि भेटिसकेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि खाँण वैशाख २७ गते पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंको आदेशमा उनी १ असारमा पुर्पक्षका लागि कारागार पठाइएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?