+
+

शाहरुख खानको ‘जवान’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १३:२३

काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’को ट्रेलर सार्वजनिक भएको छ । शाहरुखले सामाजिक सञ्जालमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेका छन् ।

एट्लीद्वारा निर्देशित ‘जवान’को ट्रेलरमा शाहरुखसहित विजय सेतुपति, नयनतारा र दीपिका पादुकोणको झलक देखाइएको छ । ‘एक राजा थिए, एकपछि अर्को लडाइँ हार्दै गए’ डायलगसहित ‘जवान’को ट्रेलर सुरु हुन्छ । यसमा शाहरुखले स्वर दिएका छन् ।

‘जवान’को कथा पुनः एकपटक देश बचाउनु हो । जहाँ काली (विजय सेतुपति) जस्ता हतियार व्यापारीबाट देश बचाउनुपर्ने छ । तर यसपटक नायकको एकदमै फरक शैली देख्न सकिनेछ ।

ट्रेलरमा शाहरुखका दुई रुप देखाइएको छ । नयनतारा प्रहरी अफिसर बनेकी छिन् । यो फिल्म मसालाले भरिएको पूर्ण मनोरञ्जनात्मक हुने देखिन्छ । फिल्म आगामी बिहीबार अर्थात् भदौ २१ गतेबाट प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?