+
+

‘आशिकी ३’ मा कार्तिक आर्यनसँग जोडी बाँध्दै साउथ अभिनेत्री आकांक्षा शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते ११:२१

काठमाडौं । ‘आशिकी ३’ को घोषणा भएदेखि नै निर्माता फिल्मका लागि मुख्य अभिनेत्रीको खोजीमा छन् । यसैबीच यो फिल्मका लागि अभिनेता कार्तिक आर्यनको अपोजिटमा साउथ अभिनेत्री (कन्नड) आकांक्षा शर्माले अनस्क्रिन रोमान्स गर्ने खबर आएको छ ।

इ–टाइम्सको रिपोर्ट अनुसार ‘आशिकी ३’ का निर्माताले कार्तिकको अपोजिटमा आकांक्षालाई कास्ट गर्ने निर्णय गरेका छन् । विवरणअनुसार आकांक्षाले यस विषयमा धेरै पटक निर्मातासँग भेट गरिसकेकी छिन् । सबै कुरा ठीकठाक भए ‘आशिकी ३’मा उनले कार्तिक आर्यनसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।

आकांक्षा कन्नड फिल्म उद्योगकी अभिनेत्री तथा मोडल हुन् । उनले आफ्नो करिअर सन् २०२० मा रिलिज भएको कन्नड फिल्म ‘त्रिविक्रम’बाट थालेकी थिइन् । यसबाहेक उनले टाइगर श्राफसँग म्युजिक भिडियो ‘डिस्को ८२’ मा काम गरेकी छिन् । आकांक्षाले महेश बाबु, वरुण धवन र कार्तीजस्ता कलाकारसँग पनि विज्ञापन सुट गरिसकेकी छिन् ।

आशिकी ३ को छायांकन सन् २०२४ मा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?