+
+

महिन्द्राको नयाँ विद्युतीय गाडी ‘ट्रियो झोर डीभी’ नेपालमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १९:४२

काठमाडौं । महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रीयो झोर डीभी’ नेपाली बजारमा सार्वजनिक भएको छ ।

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहीकलको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले उक्त गाडी नेपालमा भित्र्याएको हो ।

‘ट्रीयो झोर डीभी’ एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर डेलिभरी भ्यान भएको कम्पनीले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार ‘नेपाल ईभी इन्टरनेसनल शो’ को शुभारम्भ गर्दै सोही समयमा उक्त नयाँ गाडी सार्वजनिक गरेका हुन् ।

महिन्द्रा ‘ट्रीयो झोर डि भी’ले उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिमा विकसित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्ने प्रतिबद्धता सहित नेपाली बजारमा उक्त थ्री–व्हीलर डेलिभरी भ्यान ल्याएको जनाएको छ ।

वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधि जस्ता हाइलाइटहरूका साथ, ट्रीयो झोर डेलिभरी भ्यान गेम चेन्जर हुने कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?