+
+

विष्णु पौडेल र म एकै ठाउँमा छौं, शंका गर्नुपर्दैन : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते १५:५५

१६ भदौ, बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेल र आफूबीच कुनै प्रतिस्पर्धा नरहेको बताएका छन् ।

बुटवलमा आयोजित प्रदेश अधिवेशनको उद्घाटन समारोहमा पोखरेलले यो अधिवेशनले पार्टी एकताको सन्देश दिनुपर्ने बताए ।

‘लुम्बिनी प्रदेश अधिवेशनमा मात्र हैन अरु सबै विषयमा विष्णु पौडेल र शंकर पोखरेल एक ठाउँमा छन् कसैले शंका गर्नुपर्दैन’, पोखरेलले भने । लुम्बिनी प्रदेशको अधिवेशनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले आआफ्नो नजिकको व्यक्तिलाई अध्यक्ष बनाउन चाहेको र दुई पक्षबीच चुनावी प्रतिस्पर्धा हुन लागेको समाचारहरु आइरहेका बेला महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले लुम्बिनी प्रदेश अधिवेशनले दिने सन्देशले अरु प्रदेशलाई मार्गनिर्देशन दिने पनि बताए ।

एमालेभित्र केपी ओलीको नेतृत्वमा सिंगो पार्टी एकतावद्ध रहेको भन्दै महासचिव पोखरेलले २०८४ सालको चुनावमा बहुमत ल्याउन लुम्बिनी अधिवेशनबाट एकताको सन्देश दिन जरुरी रहेको धारणा राखे ।

राजनीतिक अस्थिरता र  सामाजिक अराजकता देशको मुख्य समस्या भन्दै महासचिव पोखरेलले धेरै दलहरु हुँदा झन् राजनीतिक अस्थिरता बढेकाले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए ।

‘जति धेरै राजनीतिक दल उति धेरै अस्थिरता यो मुलुकले भोगेको छ’, पोखरेलले भने । महासचिव पोखरेलले समाजवादी मोर्चाको नाममा नाटक मञ्चन भइरहेको पनि टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?