+
+

मधेश प्रदेशका आठवटै जिल्लामा जसपाको विस्तारित बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते ७:५२

१७ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका आठै जिल्लामा आज विस्तारित बैठक बस्दै छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।

भदौ ११ गतेको मधेश प्रदेश कार्यकारिणी समितिको बैठकले प्रदेशका सबै जिल्लामा भदौ १७ गते आइतबार विस्तारित बैठक राख्ने निर्णय गरेको थियो । विस्तारित बैठकको सहजीकरणका लागि प्रदेश बैठकले प्रदेश कार्यकारिणी समितिका पदाधिकारीहरुलाई जिम्मेवारी तोकेको छ । जसअनुसार सप्तरी जिल्लामा दिनेशकुमार यादव र शैलेश कुमार साह, सिराहामा रामसेवक यादव र रेणु यादव, धनुषामा ज्ञानेन्द्रकुमार यादव, अरुणकुमार देव र युसुफ अली, महोत्तरीमा निर्मला कुमारी यादव र जितेन्द्र कुमार यादवले जिम्मेवारी पाएका छन् ।

त्यस्तै सर्लाहीमा रामपृत पासवान र निरा कुमारी साह, रौतहटमा रामबाबु कुमार यादव र पुनीत राम, बारामा बृजमोहन तिवारी र पर्सामा सुशिल कुमार यादवलाई तोकिएको छ ।

बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरु, प्रदेश समितिका नेताहरु, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु, पालिका समितिका पदाधिकारीहरु, निर्वाचित जनप्रतिनिधिहरु, भ्रातृसंगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीहरुलाई उपस्थित हुन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?