+
+

अब ‘आईएमई पे’मा शाइन रेसुङ्‍गा विकास बैंकका ग्राहकले सिधै क्यास लोड गर्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १९:१०

काठमाडौं । ‘आईएमई पे’ मा अब शाइन रेसुङ्‍गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् ।

विभिन्न वित्तीय संस्थासँग आबद्ध भई सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका साथ आइएमई पेले शाइन रेसुङ्‍गा विकास बैंकसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार अब शाइन रेसुङ्‍गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाइल बैंकिङबाट सिधै आईएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।

‘आइएमई पे’ ले ग्राहकहरूको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?