+
+

वितरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ हाउस बीच साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १७ गते १९:२६

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण लगायतको व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी आवश्यक व्यवस्था लागू गर्न सामझदारी भएको हो ।

सम्झौता पत्रमा विभागका निर्देशक दिलकुमार तामाङ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

सरकारले इलेक्ट्रोनिक फण्ड ट्रान्सफरको माध्यमबाट सामाजिक सुरक्षा भत्ता विद्युतीय माध्यमबाट सोझै लाभग्राहीको खातामा जम्मा हुने गरी वितरण गर्ने कार्यको थालनी भइसकेको छ । हाल विभागमा ३७ लाख भन्दा बढी लाभग्राहीहरु आबद्ध छन् । जसलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आइएको छ ।

सम्झौतासँगै लाभग्राहीहरुले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको साथै अन्य विभिन्न गैर वित्तीय जानकारीहरु समेत प्राप्त हुनेछन् । यस्तै लाभग्राहीको खाता सम्बन्धी विवरण रुजु गर्ने, लाभग्राहीको नयाँ बैंक खाता खोल्ने, बैंक खातामा रकम जम्मा गर्ने, बैंक खाताबाट रकम निकालेको विवरण, लाभग्राहीको ग्राहक पहिचान विवरणको अवस्था, लगतकट्टाको र हिसाब मिलान गर्ने लगायतका सेवाहरु पनि एनसीएचएल मार्फत उपलब्ध हुनेछन् । जसका लागि एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेश अन्तर्गतका विभिन्न उपकरणहरुको प्रयोग हुने र कारोबार सोझै बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?