+
+

‘बार्बी’ र ‘ओपेनहाइमर’ चम्किंदा गर्मीयाममा हलिउडको कमाइ ४ बिलियन डलर पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १२:३१

काठमाडौं । कमैले सोचेका थिए यसवर्षको गर्मीयाममा हलिउडलाई राहत मिल्नेछ । तर, ग्रेटा गेर्विगको ‘बार्बी’ र क्रिस्टोफर नोलनको ‘ओपेनहाइमर’ले हलिउडलाई ठूलै राहत दिए । मेदेखि अगस्ट महिनासम्मको अवधिमा यी दुई फिल्मको कमाइ विश्वब्यापी ४ बिलियन डलर पुगेको छ ।

भेराइटी म्यागजिनका अनुसार यो कमाइ कोभिड महामारीयताकै उच्च विन्दू हो ।

‘ग्रीष्मकालिन सिजन सुरु भएसँगै लेबर डेको सप्ताहन्तसम्म ४ बिलियन डलरको सपना वास्तविकतामा परिणत भएको छ । यसले फिल्मको लाइनअप बलियो मात्र हैन, वर्षको सबैभन्दा गर्मी समयमा पनि फिल्म हेर्न चाहने दर्शकीय इच्छा र परम्परालाई सम्मानित गरिएको महसुस गरेका छौं’ कमस्कोरका विश्लेषक पल डेर्गाबेडियनले भने ।

‘बार्बी’ उत्तरी अमेरिकामा ६१२ मिलियन डलर र विश्वव्यापी रूपमा हालसम्म १.३६ बिलियन डलरको साथमा ग्रीष्म (र वर्ष)को सबैभन्दा धेरै कमाउने फिल्म हो । ‘ओपेनहाइमर’ले घरेलु बक्स अफिसमा ३११ मिलियन र विश्वव्यापी रूपमा ८५० मिलियनको साथ उत्कृष्ट प्रदर्शन गरे ।

यस गर्मीयाममा सोनीको एनिमेटेड ‘स्पाइडर-म्यान : एक्रोस द स्पाइडर-भर्स’ (३८१ मिलियन), डिज्नी र मार्वलको ‘गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम ३’ (३५८ मिलियन), ‘द लिटिल मर्मेड’ रिमेक (२९८ मिलियन) र जिम काभिजेलको नेतृत्वमा रहेको एक्सन थ्रिलर ‘साउण्ड अफ फ्रिडम’ १८१ मिलियन डलर कमाए ।

गतवर्षको समर याममा हलिउडले ३.४ बिलियन डलर कमाइ गरेको थियो । उक्त याममा टम क्रुज स्टारर ‘टपगन : माभेरिक’ले उत्तर अमेरिकामा मात्र ७१८ मिलियन डलरक कमायो । कोभिड महामारीअघि सन् २०१८ मा हलिउडको कमाइ ४.१९ बिलियन डलर थियो जसको अर्थ अहिले पनि महामारीअघिको तहमा बजार पुगिसकेको छैन ।

‘यो एक उत्कृष्ट नतिजा हो र उद्योगको लागि अर्को सकारात्मक कदम हो,’ फिल्म परामर्श फर्म फ्रेन्चाइजी इन्टरटेनमेन्ट रिसर्चका डेभिड ए ग्रोसले भने । त्यो राम्रो खबर हो तर, विडम्बना प्रदर्शन तयारीमा रहेका फिल्मको लाइनअप हेर्दा हलुका देखिन्छ । टेलर स्वीफ्टको कन्सर्ट टूर फिल्म ‘इरास’ अक्टोबरमा रिलिज हुँदैछ र यसले पहिलो सप्ताहन्त अमेरिकामा १०० मिलियनको ओपनिङ गर्न सक्छ ।

‘ड्युन : पार्ट २’ सन् २०२४ मा धकेलिएपछि यसवर्षको ग्रीष्मयामको रिलिज लाइनअप प्रभावित बनेको छ । यसबाहेक ‘क्राभेन : द हन्टर’, ‘घोस्टबस्टर्स’, जेन्डायाको टेनिस ड्रामा ‘च्यालेन्जर्स’ पनि सरेका छन् किनभने हलिउडमा जारी हड्तालका कारण स्टारलाई फिल्मको प्रचारमा हिँड्न अनुमति छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?