+
+

एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १८:४३

१८ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनको अनुगमन गर्न ५ सदस्यीय अनुगमन समिति बनाएको छ ।

ब्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाएको वा नबनाएको अनुगमन गर्ने र संसदीय अनुगमनका लागि दबाब दिने उद्देश्यले अनुगमन समिति बनाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले गठन गरेको उपाध्यक्ष राजेन्द्र पाण्डे नेतृत्वको समितिको सदस्यमा उपमहासचिव गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र गरिमा शाह रहेका छन् । अर्का एक सदस्य भने विषयविज्ञ रहने खतिवडाले बताए ।

एकीकृत समाजवादीले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?