+
+

कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते ८:५९

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् ।

काफ्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

प्रदेश सभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा  समय अभाव भएकोले राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु,’ उनले फेसबुकमा लेखेका छन् ।

काफ्लेले प्रमुख सचेतकको भूमिकामा हुँदा सहयोग गर्ने बाग्मती प्रदेशका पार्टीका सांसदलाई धन्यवादसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?