+
+

इन्टरनेट सेवाको गुणस्तर बढाउन जेडटीईसँग क्लासिक टेकको साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १७:५१

काठमाडौं । देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो भरपर्दो र उच्च गुणस्तरीय नेटवर्किङ कम्पोनेन्टहरूका लागि अन्तर्राष्ट्रिय कम्पनी जेडटीई कर्पोरेसनसँग साझेदारी घोषणा गरेको छ ।

यो साझेदारीले इन्टरनेट सेवाको क्षेत्रमा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास कम्पनीले लिएको छ । आफ्नो नेटवर्क पूर्वाधार विस्तार गर्न जेडटीईसँग हात मिलाएको कम्पनीको भनाइ छ ।

आफ्ना ग्राहकलाई अतुलनीय इन्टरनेट सर्फिङ अनुभव प्रदान गर्न जेडटीईका अत्याधुनिक डुअल ब्यान्ड ५ गिगाहर्ज ओएनयूहरु ल्याउने कम्पनीले बताएको छ ।

क्लासिक टेक ग्राहकहरूले छिटो इन्टरनेट गति, विश्वसनीयता, र उच्च गुणस्तरका उपकरणहरूमा पहुँचको अपेक्षा गर्न सक्नेछन ।

यस सहकार्यले उत्कृष्ट इन्टरनेट सेवाहरू प्रदान गर्न र यसको प्रयोगकर्ता आधारको बढ्दो मागहरू पूरा गर्न सघाउने क्लासिक टेकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?