+
+

१ असोजदेखि चाडपर्व लक्षित संयुक्त बजार अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १८:०९
फाइल तस्वीर

१९ भदौ, काठमाडौं । सरकारले १ असोजदेखि संयुक्त बजार अनुगमन गर्ने भएको छ ।
दशैं तिहार, छट लगायतका मुख्य चाडपर्वलाई लक्षित गर्दै गत वर्ष झैं संयुक्त रुपमा बजार अनुगमन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले यस्तो जानकारी दिएका हुन् ।

‘मुख्य चाडपर्वको बेला हुने कालोबजारी र ठगी रोक्न गर्न जिल्ला प्रशासन कार्यालयसहित उपभोक्तासँग सरोकार राख्ने ९ वटा विभागका अधिकारी सम्मिलित कम्तीमा १० वटा विशेष टोली परिचालन गर्ने तयारी छ,’ सचिव मरासिनीले भने ।

चाडपर्वमा हुने कालोबजारी र मनपरी मूल्यवृद्धि रोक्न यसरी अनुगमन गर्न लागिएको उनको भनाइ छ ।

संयुक्तअनुगमन टोलीमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका सदस्य हुनेछन् । संयुक्त अनुगमनका लागि मन्त्रालयले यस अघि नै संयुक्त छलफल गरिसकेको छ ।

संयुक्त अनुगमनमा यातायात, राजमार्ग छेउछाउका होटल तथा रेष्टुराँ, खुद्रा तथा थोक पसल र बजार, खाद्यान्न, माछामासु, दूध, पानी, मिठाइ, दूध, लत्ताकपडा, फलफूल लगायतका क्षेत्र प्राथिमिकतामा छन् ।

मन्त्रालयले यसअघि नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमनको अधिकार प्रत्यायोजन गरेको छ भने सबै पालिकालाई बजार अनुगमन गर्न भनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?