+
+

मानवअधिकार आयोगको टोलीले सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग गर्‍यो भेट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १८:३१

१९ भदौ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष तपबहादुर मगर, सदस्यहरु डा. सूर्य ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापाले सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपालको मानव अधिकारको अवस्था, मानवअधिकार आयोगको नयाँ ऐन निर्माण र मानवअधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

आयोगका अध्यक्ष मगरले हालसम्म प्राप्त गरेको स्तर ‘ए’ श्रेणी कायम राख्नको लागि राष्ट्रिय मानवअधिकार आयोग ऐनमा पेरिस सिद्धान्त बमोजिम हुने गरी आर्थिक स्वायत्तता, पदाधिकारीहरुको नियुक्ति, कर्मचारीहरुको वृत्ति विकासको सुनिश्चितता लगायतका विषयलाई समेट्नुपर्ने बताएका छन् । उनले त्यसका लागि प्रधानमन्त्रीबाट पहल हुनुपर्ने बताएका आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले आयोगको स्तर ए श्रेणीमै कायम राख्नको लागि आवश्यक पहल गर्ने बताउँँदै पेरिस सिद्धान्तबमोजिम हुने गरी राष्ट्रिय मानवअधिकार आयोगको नयाँ ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका आयोगले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?