+
+

विराटनगरमा कलेज बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते २१:०१

१९ भदौ, विराटनगर । कलेज बसको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–  १० मा रहेको नेशनल एकेडेमी कलेजको बसले ठक्करबाट रंगेली नगरपालिका– १ का ६२ वर्षीय गणेश श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोमबार विराटनगर १३ स्थित मुख्यमन्त्री निवास अगाडिको भित्री सडक खण्डमा विद्यार्थी पुर्‍याएर फर्कने क्रममा कलेज बसले ठक्कर दिएको थियो ।

ग १ ख ७६९९ नम्बरको बसले ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए । ठक्कर दिने बस र चालक विराटनगर ३ का ५६ वर्षीय दलबहादुर कार्कीलाई पक्राउ गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?