+
+

मेनुका प्रधान अभिनित फिल्म ‘गुराँस’ बुसान फेस्टिभलमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १२:५३

काठमाडौं । सौरभ राई निर्देशित नेपाली फिल्म ‘गुराँस’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ । बुसानले यो फिल्म ‘अ विन्डो अन एसियन सिनेमा’ विधामा छानिएको जनाएको छ ।

यो फिल्मले यसअघि चेक गणतन्त्रको फिल्म दी कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको थियो । मेनुका प्रधानको शीर्ष भूमिका रहेको फिल्मले हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट दार्जिलिङको बदलिंदो आर्थिक र सामाजिक सम्बन्धको कथा पेश गर्छ ।

‘गुराँस’लाई लोआइक्यू प्रोडक्सनसँगै आइसफलका रामकृष्ण पोखरेल र सञ्जय गुलाँटीले निर्माण गरेका हुन् । फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् । यो फिल्ममा खगेन्द्र लामिछानेको समेत अभिनय छ ।

बुसानको उक्त विधामै नवीन सुब्बा निर्देशित अर्को नेपाली फिल्म ‘गाउँ आएको बाटो’ पनि छनोट भएको छ । बुसानको ‘एसियन सर्ट फिल्म प्रतिस्पर्धामा नीरञ्जन भेटवाल निर्देशित छोटो फिल्म ‘द विटनेस ट्री’ पनि छानिएको छ । दक्षिण कोरियाको बुसानमा आयोजना हुने यो फिल्म फेस्टिभल ४ देखि १३ अक्टोबरसम्म आयोजना हुँदैछ ।

दक्षिण कोरियाको बुसानमा आयोजना हुने यो फिल्म फेस्टिभल ४ देखि १३ अक्टोबरसम्म आयोजना हुँदैछ । यसपटक ओपनिङ फिल्मको रुपमा ‘बिकज आइ हेट कोरिया’ र समापन फिल्मको रुपमा ‘द मुभी एम्पेरर’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?