+
+

वात्सल्य क्लिनिक ७ औं वर्षमा प्रवेश 

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १४:०६

काठमाडौं । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफ ७ औं वर्षमा प्रवेश गरेको छ ।

हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएफ सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म ७ हजारभन्दा अधिक दम्पतीले सन्तान लाभ (३ हजार प्लस आईभीएफ, १ हजार ८ सय प्लस आईयूआई, २ हजार २०० प्लस नेचुरल प्रेग्नेन्सी) गरिसकेको क्लिनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘नि:सन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक, सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ । त्यसैले उपचारको अवधिमा आधुनिक पद्दतिसँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको यहाँका विज्ञहरुको अभुव छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरु वात्सल्य क्लिनिकमा आउने गरेको विज्ञप्तिमा उल्लेख छ ।

आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आईभीएफ सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्सालबाट भक्तपुर र नेपालगञ्जमा पनि विस्तार गरेको क्लिनिकको भनाइ छ ।

आगामी केही दिनमै आफ्नो शाखाहरु अन्य प्रमुख शहरहरुमा पनि विस्तार गर्ने योजना रहेको क्लिनिकका कार्यकारी प्रमुख प्रशान्त सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?