+
+

सारुकको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै शनिबार ज्ञानेश्वरमा प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १७:०७

काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारको मृत्युको निष्पक्ष अनुसन्धान गर्नुपर्ने भन्दै शनिबार ज्ञानेश्वरमा प्रदर्शन हुने भएको छ ।

‘जस्टिस फर सारुक’ नारासहित प्रदर्शन हुन लागेका हुन् । प्रदर्शनका लागि आहृवान गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सारुकले न्याय पाउनुपर्ने, न्यायका लागि एक हुनुपर्ने, मृत्युको कारण सार्वजनिक हुनुपर्ने, घटना पारदर्शी हुनुपर्ने बताएका छन् ।

त्यो पोस्टलाई पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ लगायतले शेयर गरेका छन् ।

सोमबार बेलुका सारुककी आमा रुक्मिणीले फेसबुकमार्फत छोराको मृत्युको निष्पक्ष छानबिन हुनुपर्ने र यथार्थ बाहिर आउनुपर्ने बताएकी थिइन् । सारुकको फोन डिटेल्सलाई पनि बाहिर ल्याउन उनले प्रहरी प्रशासनलाई अनुरोध गरेकी थिइन् । सारुकको मृत्युको झण्डै डेढ महिनापछि हालै बुवा तथा अभिनेता सानु ताम्राकारको पनि निधन भएको थियो ।

सारुकको मृत्युको यथार्थ सार्वजनिक गर्नुपर्ने माग राख्दै चलचित्र कलाकार संघले पनि प्रहरीसामु निवेदन दिइसकेको छ । अध्यक्ष मोहन निरौलाले यसबारे आफूहरुले प्रहरीलाई अनुसन्धानलाई दबाब दिइराख्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?