+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
40/2 (7.3)
Shares

मैत्रीपूर्ण फुटबलमा कलाकारसँग नेता टोली ५-१ ले पराजित

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २५ गते १९:३०

काठमाडौं । नेता र कलाकारबीचको मैत्रीपूर्ण फुटबल खेलमा कलाकार टोली विजयी भएको छ । कलाकार टोलीले ५ गोलले नेता टोलीलाई पराजित ग¥यो । नेताको टोलीले १ गोल फर्कायो ।

कलाकारको टोलीतर्फ ४ गोल राजु ढकाल एक्लैले हान्दा १ गोल अभिनेता आकाश श्रेष्ठले हाने । नेताको टोलीबाट १ गोल सपना थेबेले गरिन् ।

कलाकारबाट दिनेश डीसी, धीरेन शाक्य, बद्री पंगेनी, आकाश श्रेष्ठ, हरी डाँगी, राजेन्द्र खड्गी, सारिका केसी, लक्ष्मी आचार्य, मरिचमान श्रेष्ठ, केदार घिमिरे (माग्ने बुढा), लगायत अन्य मोडल र नयाँ कलाकारले खेले ।

नेताको टोलीमा प्रदीप ज्ञवाली, विश्वप्रकाश शर्मा, शक्ति बस्नेत, भानुभक्त ढकाल, देवेन्द्र दाहाल, मानवीर राई, महेश बस्नेत, राजिव पहारी, क्षितिज थेबे, महेश बर्तौला, दिपशिखा, सुबोध सिर्पाली, सुहाङ नेम्वाङ, कृष्णहरि केसी, पुष्प श्रेष्ठ, विनय शाह, फुर्वा लामा, नविना लामा, रञ्जु राईलगायत थिए ।

एमाले निकट राष्ट्रिय युवा संघ नेपालले शुक्रबार दिउँसो लैनचौरस्थित एनसेल खेल मैदानमा खेल आयोजना गरेको हो । राजनीतिक दलको समूहबाट टिम क्याप्टेन थेबे थिए भने कलाकार समूहको कप्तान धीरेन शाक्य थिए । राष्ट्रिय युवा संघको आयोजनामा तेस्रो संस्करणको केपी ओली कप आगामी फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुँदछ ।

तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?