News Summary
Generated by OK AI. Editorially reviewed.- सेलिब्रेटीहरूले सोमबार आ-आफ्नै शैलीमा फागु पूर्णिमा (होली) मनाएका छन्।
- अभिनेत्री निशा अधिकारीले काठमाडौं-५ बाट उम्मेदवार बनेर भोट माग्दै अभिनेता राजेश हमालसँग होली मनाएको फोटो सार्वजनिक गरिन्।
- अभिनेता विपिन कार्कीले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पत्नी निकिता पौडेलसँग होली मनाएका छन्।
काठमाडौं । सेलिब्रेटीले सोमबार आ-आफ्नै शैलीमा फागु पूर्णिमा (होली) मनाएका छन् । रङ दलेर होली मनाएको फोटो र भिडियो कलाकारले सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।
नेपाल गतिशिल पार्टीको तर्फबाट काठमाडौं-५ को उम्मेदवार बनेकी अभिनेत्री निशा अधिकारीले भोट माग्दै होली मनाएकी छिन् । उनले अभिनेता राजेश हमालसँग होली मनाइरहेको फोटो सार्वजनिक गरेकी छन् ।
हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, केकी अधिकारी, महेश त्रिपाठी, उषा उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारले होली मनाएको फोटो र भिडियो सार्वजनिक भएको छ ।
अभिनेता विपिन कार्कीले चितवन पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ का उम्मेदवार रवि लामिछाने र पत्नी तथा फिल्मकर्मी निकिता पौडेलसँग होली मनाएका छन् ।
अभिनेत्री करिश्मा मानन्धरले अघिल्ला होलीको अवसरमा गोदावरीस्थित निवासमा होली कार्यक्रम आयोजना गर्दै आएकी थिइन् । यसवर्ष भने करिश्माले आयोजना गरिनन् । सोमबार पहाडी क्षेत्रमा फागु पूर्णिमा मनाइन्छ भने मंगलबार तराई क्षेत्रमा होली मनाउने गरिएको छ ।











प्रतिक्रिया 4