News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले केही राजनीतिक दल र व्यक्तिबाट कलाकारमाथि गरिएको सम्मानप्रति प्रहार र हुर्मत लिने कार्य तत्काल रोक्न आग्रह गरेको छ।
- अध्यक्ष केपी पाठकले साइबर कानूनको प्रभावकारी कार्यान्वयन गरी दुष्प्रचार रोक्न सरोकार निकायको ध्यानाकर्षण गराउनुभएको छ।
- संस्थाले कलाकारलाई अनावश्यक पीडा दिन र सामाजिक सरोकारमा बोल्नबाट वञ्चित गर्ने प्रयास बन्द गर्न र कानूनी उपचारको बाटोमा लाग्न चलचित्र संघसंस्थालाई आग्रह गरेको छ।
काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा केही राजनीतिक दल र व्यक्तिबाट कलाकारको सम्मानमाथिको प्रहार र हुर्मत लिने कार्य भैरहेको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरेको छ ।
अध्यक्ष केपी पाठकले साइबर कानूनको प्रभावकारी कार्यान्वयन गरी त्यस्तो दुष्प्रचार रोक्न तत्काल हस्तक्षेपकारी भूमिका खेल्न सरोकार निकायको ध्यानाकर्षण गराएका छन् ।
‘कलाकारलाई अनावश्यक पीडा दिन र सामाजिक सरोकारका विषयमा बोल्नबाट वञ्चित गर्ने कुनै पनि किसिमको नियन्त्रणको प्रयास बन्द गरियोस्’ विज्ञप्तिमा संस्थाले भनेको छ ।
आफू अनुकूल बोल्दा सहि र प्रतिकूल बोल्दा गलत मान्ने परिपाटीको निन्दा गर्दै कानूनी उपचारको बाटोमा लाग्न र पेशागत ऐक्यबद्धता जनाउन चलचित्र सम्बन्धी संघसंस्थालाई प्रतिष्ठानले आग्रह गरेको छ ।
संस्थाले कलाकर्मीको पक्षमा ऐक्यबद्धता समेत जनाएको छ । ‘राज्य कानूनी मूल्यहरूप्रति निष्ठावान रह्यो भने कला र अभिव्यक्ति स्वतन्त्रताको गला पटक–पटक निमोठिने छैन र लोकतन्त्र अझै बलियो र समुन्नत बन्दै जानेछ भन्ने कुरामा हामी विश्वस्त छौं’ विज्ञप्तिमा भनिएको छ ।
पछिल्ला केही दिनयता जेनजी आन्दोलनका क्रममा खिचिएका कलाकारका फोटो र भिडियोलाई सेयर गर्दै उनीहरू तोडफोड र आगजानीमा संलग्न रहेको आरोपहरू लगाइएको छ । तर, ती कलाकारले आरोपहरूको सामाजिक सञ्जालमार्फत खण्डन गरेका छन् ।
प्रतिक्रिया 4