+
+

टीआरसी विधेयकको छलफल ‘सहमति उन्मुख’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते २१:५४
फाइल तस्वीर

२० भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन दलबीच भइरहेको छलफल सहमति उन्मुख रहेको नेताहरुले बताएका छन् ।

तीन दलका दोस्रो तहका नेताहरुको छलफलका आधारमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमतिको मस्यौदा तयार पारेको छ । त्यसमाथि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदमा विचाराधीन टीआरसीसहित विधेयकको सैद्धान्तिक पक्षबारे छलफल भएको एक नेताले बताए । ‘संसदको चालु अधिवेशन कहिलेसम्म चलाउने ? विचाराधीन विधेयकहरुमा के गर्ने भनेर उहाँहरुबीच छलफल भएको छ’ सत्तारुढ दलका एक नेता भन्छन्, ‘भोलि प्रमुख सचेतकहरुसहित फेरि छलफल गर्ने तय भएको छ ।’

शीर्ष नेताहरुसँग छलफल गर्नुअघि प्रधानमन्त्री प्रचण्डले बुधबार विहान कानुन न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदीसँग पनि छलफल गरेका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकमा राजनीतिक तहमा सहमति जुटाउन आफू लागिरहेको बताएका थिए । ‘प्रधानमन्त्रीले राजनीतिक तहमा भएको सहमति अनुसार प्रक्रियाको विषयमा के गर्ने भनेर खबर गर्छु भन्नुभएको छ’ सभापति सुवेदीले भनिन्, ‘अहिलेसम्म खबर आएको छैन ।’

नेताहरुकाअनुसार कानुन मन्त्रालयले तयार पारको मस्यौदाको विषयबस्तुमा दलहरुबीच ठूलो विमती देखिएको छैन । एमाले समेतको सहमतिमा तयार भएको भन्दै सत्ता गठबन्धन एक नेता भन्छन्, ‘सहमतिबाट ब्याक भएन भने छिट्टै प्रक्रियामा जान्छ ।’

माओवादी महासचिव देव गुरुङ भने प्रक्रिया सहितको विषयमा सहमति जुटाउने प्रधानमन्त्रीले गरिरहेको बताउँछन् । भोलि बस्ने बैठकमा सहमति जुटे विधेयक अघि बढ्ने बताएइएको छ ।

२५ फागुनमा संसदमा दर्ता भएको यो विधेयक कानुन समितिमा छ र, समितिले विधेयकमा सहमति जुटाउन बनाएको उपसमितिको म्याद मंगलबार मात्र ७ दिनलाई थपेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?