+
+

पाकिस्तानमा स्कूल बनाउन सगरमाथा आधार शिविरको यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते १३:५९

२१ भदौ, काठमाडौं । उनको टोलीले बिहीबार बिहान संसारको अग्लो सहर नाम्चेबाट तेंग्बोचेतर्फको यात्रा तय गरेको छ । यो टोलीको खास गन्तव्य सगरमाथाको आधारशिविर पुग्नु हो र संसारको अग्लो हिमाललाई सम्भव  नजिकबाट आफ्ना मित्रहरुलाई सगरमाथा देखाएर मोन्टेश्वरी शिक्षामा आयाम थप्नु हो ।

उनले आफ्नो समूहको नाम ‘ग्लोबल क्लाइम्बिङ टीम’ भनेका छन् । उनी यो टीमको सहयोगमा नेपाल र पाकिस्तानमा विपन्न विद्यार्थी पढ्ने स्कूल पुनर्निर्माणमा हातेमालो गर्दैछन् । उनी अस्ट्रेलियाका तिनै मोन्टेश्वरी शिक्षक ग्याबिन म्ककोर्मक हुन् जसले नेपालमा आधा दर्जन स्कूलमा मर्मत सम्हार तथा पुस्तकालय निर्माण गरिसकेका छन् ।

उनको टोली गत साता नेपाल आइपुगेको हो । नेपाल आएलगत्तै एक हजार वर्ष पुरानो भक्तपुर सहर घुमेको उनको टोली भदौ १८ गते नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिका-४ स्थित कुण्डला आधारभूत स्कूल पुगेको थियो । उक्त स्कूलमा करिब दुई लाख बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो ।

ग्याविन म्ककोर्मकसँगै यो साहसिक यात्रामा उनका अस्ट्रेलियन मित्रहरु ग्रेमी, जोशेस्फ़ तथा स्पेनकि पिलार , ब्रुनाईका मोहमद, दक्षिण अफ्रिकाका रसेल र भारतका राजेश छन् । उनीहरु सबै आगामी दुई हप्तासँगै यात्रा गर्नेछन र यात्राकै क्रममा गो फन्ड मार्फत पचार हजार डलर रकम उठाउने उनीहरुको लक्ष्य छ ।

उक्त रकमबाट उत्तर पाकिस्तानको सुकुम्बासी क्षेत्रमा विद्यालय निर्माण गर्ने छन् । उक्त क्षेत्रमा एउटा पालमुनि विद्यार्थी तथा शिक्षकले कस्टकर जीवन बिताएर अध्ययन अध्यापन गरिरहेका छन् ।

गत  पाँच वर्षमा, उनले नेपालका काभ्रे,  काठमाडौं, चितवन, बुटवल,  नवलपरासी र नुवाकोटसहितका ९ स्थानका विद्यालयहरूमा सफलतापूर्वक सहकार्य गरेका छन् ।

सगरमाथाबाट फर्केपछि यो समूह अर्घाखाँचीको र नुवाकोट जानेछ, जहाँ एक पुस्तकालय स्थापना गर्ने छ । यो  पुस्तकालयको स्थापना पुनर्प्रयोजन गरिएको शिपिङ कन्टेनरबाट हुँदै छ, जुन स्थानीय समुदायको ज्ञान र प्रेरणाको स्रोत बन्ने बन्ने उनले विश्वास लिएका छन् ।

गेभिन म्ककोर्मकले मोन्टेश्वरी शिक्षामा योगदान गर्न र १० वटा भिडियो कक्षा तयार गर्न उत्तरी गोलार्धको नर्बे  र दक्षिणि गोलार्धको आन्टार्कटिका पनि भ्रमण गरेका छन् ।

सगरमाथाको फेदी तथा नेपालका गाउँमा पनि उनी आफ्नो कक्षा तयार गर्ने छन् जहाँबाट विश्वको विभिन्न संस्कृति र जीवनशैली ससाना बच्चाहरूलाई सिकाउने उनको लक्ष्य पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?