+
+

४ वर्षपछि गुगलले बदल्यो एन्ड्रोइडको लोगो, स्मार्टफोनमा देखिनेछ थ्री डी अवतार

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते ११:३०

काठमाडौं । गुगले आफ्नो मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडको लोगो परिवर्तन गरेको छ । एन्ड्रोइडको नयाँ संस्करण एन्ड्रोइड १४ सार्वजनिक गर्नु ठीक अघि गुगलले लोगो परिवर्तन गरेको हो ।

एन्ड्रोइडको पुरानो हरियो रंगको लोगोमा विभिन्न परिवर्तन गरिएको छ । एन्ड्रोइडको नयाँ–नयाँ लोगोका अतिरिक्त एन्ड्रोइड फोनका लागि विभिन्न नयाँ फिचरहरु पनि गुगलले जारी गरेको छ ।

एन्ड्रोइडको नयाँ लोगोमा A ठूलो अक्षर अर्थात् क्यापिटलमा रहेको छ । नयाँ लोगो पूरानोको तुलनामा अधिक घुमाउरो छ । यसका साथै एन्ड्रोइडको लोगोवाला रोबोटलाई थ्री डी बनाइएको छ । यसअघि एन्ड्रोइडको लोगोमा केवल रोबोटको टाउको मात्र देखिनेमा अब पूरै सरीर देखिनेछ ।

गुगलले करीब ४ वर्षपछि एन्ड्रोइडको लोगो परिवर्तन गरेको हो । यसअघि सन् २०१९ मा एन्ड्रोइडको लोगो तथा नाम पनि बदलिएको थियो । सन् २०१९ सम्म एन्ड्रोइडका संस्करणहरु विभिन्न खाले मिठाईहरुको नाममा रहेकोमा त्यसपछि अंकमा राख्न थालिएको थियो ।

अहिले नयाँ लोगोका अलावा गुगलले एन्ड्रोइडमा At a Glance widget  पनि जोडेको छ । जसमा यात्रा अपडेटका अतिरिक्त मौसमको जानकारी पनि उपलब्ध हुनेछ । साथै गुगलले वालेट एपलाई नि अपडेट गरेको छ भने एन्ड्रोइड अटोले जूम सपोर्ट गर्ने बनाएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?