+
+

कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा गरिंदै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १४:४९

२२ भदौ, काठमाडौं । कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा आयोजना गरिने भएको छ । आगामी सेप्टेम्बर २७ तारिखका दिन मनाइने विश्व पर्यटन दिवसलाई लक्षित गरी यहाँ सम्पदा यात्रा गर्न लागिएको हो । यो दिवसको मूल सन्देश पर्यटन र हरित लगानी रहेको छ ।

यही परिप्रेक्षमा कीर्तिपुरले उक्त सन्देशमा पर्यटन अगाडि बढाउन सक्षम भएको सन्देश दिन कीर्तिपुर नगरपालिका र कीर्तिपुर स्वयंसेवक समाजको संयुक्त आयोजनामा १० असोजमा कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा हुने भएको हो ।

काठमाडौं उपत्यकाका पर्यटकीय स्थानमध्ये कीर्तिपुरले विशिष्ट पहिचान बोकेको छ । साँझको समयमा कीर्तिपुरबाट उपत्यकाको मनमोहक दृश्य देखिन्छ । सोहीकारण कीर्तिपुरमा सन्ध्याकालीन पर्यटनको सम्भावनाको खोजी गर्न लागिएको हो । कीर्तिपुर नगरपालिकाले यस वर्षदेखि अभियानकै रुपमा सन्ध्याकालीन पर्यटन प्रवर्धन गरिरहेको छ ।

साथै कीर्तिपुरको डिजिटल नक्सा तयार पार्ने काम समेत सुरु भएको छ । डिजिटल नक्साले कीर्तिपुरका आकर्षण, सम्पदा स्थल, होटल, रेस्टुरेन्ट, र अन्य चासोका बिन्दुको सही निर्देशन दिने छ । कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुरको डिजिटल प्रवर्धन र नक्सामा स्थान तथा रुट राख्ने अभियान समेत थालेको छ ।

कीर्तिपुर नगरपालिकामा कीर्तिपुरका स्थानीय गाइड, पर्यटनका विद्यार्थी, स्थानीयको सहभागितामा म्यापिङ र डिजिटल प्रवर्धनविज्ञ सौरभ ढकालद्वारा प्रस्तुतीकरणका साथै स्थलगत नक्साङ्‍कन गरिएको छ । सहभागीहरुले गुगल म्यापलगायत नक्सा सम्बन्धित एप्सहरुमा फोटो, भिडियो राख्नुका साथै जानकारीहरु अपडेट गरेका थिए ।

कीर्तिपुर स्वयंसेवक समाजका कार्यक्रम संयोजक रुपेन्द्र महर्जनका अनुसार म्याप अपडेट गर्ने, नयाँ जानकारी राख्ने कार्य कीर्तिपुर नगरपालिकाको सहयोगमा नियमित रुपमा गरिने भएको छ । डिजिटल म्यापिङ एपहरूले प्रायः मौसम, ट्राफिक र स्थानीय घटनाहरू जस्ता कार्यक्रमहरूका वास्तविक–समय जानकारी प्रदान गर्दछ ।

यो तथ्यांकले पर्यटकलाई उनीहरूको गतिविधि बारेमा सूचित गरी निर्णय लिन र कीर्तिपुरमा उनीहरूको बसाइको समयमा सही जानकारी प्रदान गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?