+
+

लुम्बिनी प्रदेशसभाको मूल गेटमा अपाङ्ग महासंघको रिले अनशन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १६:५२

२२ भदौ, दाङ । लुम्बिनी प्रदेशले संसदमा दर्ता गरेको निजामती कर्मचारी विधेयकमा आरक्षण कोटा घटाएको भन्दै लुम्बिनी प्रदेश सभाको मुल गेट अगाडि राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशले रिले अनशन गरेको छ ।

लुम्बिनी प्रदेशले ५ प्रतिशत अपांगता कोटा सुनिश्चित हुनुपर्ने माग राख्दै लुम्बिनी प्रदेश सभाको मूल गेटअगाडि अपांग महासंघ लुम्बिनी प्रदेशले रिले अनशन गरेको हो ।

बिहीवारदेखि अनसन सुरु गरेका उनीहरुले  शुक्रवार पनि अनसन जारी राखेका छन् । निजामती कर्मचारी विधेयकमा आरक्षण कोटा अन्तर्गत अपांगताको कोटा ५ प्रतिशत रहँदै आएकोमा ३ प्रतिशतमा झारिएको भन्दै प्रावधान सच्याउनु पर्ने माग उनीहरुको छ ।

अन्य प्रदेशमा अपांगता कोटा ५ प्रतिशत कायम रहेकोमा लुम्बिनीमा अपांगताहरूको आरक्षण कोटा घटाएको भन्दै विरोध स्वरुप अनसन सुरु गरिएको गरिएको राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका सहसचिव मनोज पंगेनीले बताए ।

प्रदेशमा हाल विचाराधिन रहेको निजामती सेवाको गठन सर्तसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयकको दफा ११ मा पदपूर्तिसम्बन्धी विशेष व्यवस्थापनमा अपांगता भएका व्यक्तिहरुको लागि ३ प्रतिशत कोटा गरिएको प्रति विरोध जनाएको उनले बताए । उनले पदपूर्तिसम्बन्धी व्यवस्थालाई संशोधन गरी ५ प्रतिशत कायम गरिनुपर्ने राष्ट्रिय अपांग महासंघ माग राखेको बताए ।

अपांगता भएका व्यक्तिहरुलाई सरकारी सेवामा मूलप्रवाहीकरण गर्नुपर्ने, नेपालको संविधानको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने, अपांगता भएका व्यक्तिहरुको नागरिक अधिकार तथा मानव अधिकारको रक्षा र प्रवर्द्धन, अपांगता भएका व्यक्तिहरुमैत्री सासन प्रवर्द्धन, समाजिक न्याय प्रदान गर्नुपर्ने माग उनीहरुको छ ।

यता लुम्बिनीमा सम्भवतः आजै प्रदेश सभाको बैठकबाट निजामती कर्मचारी विधेयक पारित गर्ने तयारी छ । अहिले लुम्बिनी प्रदेश सभाको बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?