+
+

एकजना यात्रुलाई पखाला चलेपछि जहाजको आकस्मिक अवतरण !

एजेन्सी एजेन्सी
२०८० भदौ २३ गते १०:०२

कुनै एकजना यात्रुलाई झाडापखाला लाग्न थालेसँगै अमेरिकामा एउटा जहाजलाई आकाशबाटै फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

अमेरिकाबाट स्पेनका लागि उडेको डेल्टा एयरलाइन्सको उक्त जहाजका एकजना यात्रुलाई पखाला चलेपछि पाइलटले जहाजलाई युटर्न गराएका थिए ।

गत शुक्रबार राति अमेरिकाको एटलान्टाबाट स्पेनको बार्सिलोनाका लागि उडान भरेको उक्त जहाज उडेको दुई घण्टापछि एक यात्रुलाई चरम रुपमा पखाला लागेसँगै पाइलटले सो जहाजलाई एटलान्टा विमानस्थलमै फिर्ता ल्याएर अवतरण गराएका थिए ।

उक्त जहाजका पाइलट तथा विमानस्थलका एटिसीबीच भएको कुराकानीको एक अंश ट्वीटरमा शेयर गरिएको छ । उक्त कुराकानी अनुसार जहाजमा कुनै प्राविधिक समस्या भएर नभई एक यात्रुको स्वास्थ्य समस्याका कारण जहाज युटर्न गरिएको थियो ।

पाइलटले उक्त आपतकालीन अवस्थालाई बायो हजार्डको विषय भएको बताएका छन् । पाइलटले भनेका छन्, ‘हामीसँग एकजना यात्रु थिए जसलाई जहाजमै पखाला चल्यो । त्यसैले उनले हामीलाई एटलान्टामै फिर्ता छाड्नका लागि अनुरोध गरे ।’

रिपोर्ट अनुसार अन्य सबै यात्रु तथा चालक दलका सदस्यहरुलाई दोस्रो उडानमा स्थानान्तरण गरियो ।

विमान फर्किएसँगै त्यसको पूर्ण सरसफाइँ गरिएको थियो । सबै बन्दोवस्त मिलाएर उक्त जहाज पुनः उडाउनका लागि ८ घण्टाको समय लागेको थियो ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?