+
+

मोरक्कोमा भूकम्प गयो, २९६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २३ गते ११:५६

२३ भदौ, काठमाडौं । मोरक्कोेमा शुक्रबार राति ११ बजेर ११ मिनेटमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २९६ पुगेको छ ।

मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ केन्द्रबिन्दु पारेर गएको भूकम्प सुुरुमा ३१.११ डिगि्र उत्तर अक्षांश र ८.४४ डिगि्र पश्चिम देशान्तरमा र माराकेसको लगभग ७० किलोमिटर दक्षिणपश्चिम केन्द्रबिन्दु पारेर गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पपछि उत्तरी मोरक्कोको फेस सहरका बासिन्दाहरु सम्भावित पराकम्पहरुको चिन्तामा छन् । कतिपय मानिस घर छोडेर सडकमा निस्किएका छन् ।

रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै सहरहरुमा भूक्म्पको ध्ाक्का महसुश गरिएको थियो । तरौडान्ट र माराकेस सहरहरुमा भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?