+
+

बागमती प्रदेश सभाको अवरोध खुलाउन आज सर्वदलीय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते ६:३८

२४ भदौ, काठमाडौं । बागमती प्रदेशसभा बैठक सञ्चालनका आइतबार सर्वदलीय बैठक बस्दै छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

गत असार २२ गते बजेट पारित गरेपछि बागमती प्रदेश सभाको बैठकको मिति तोकिए पनि बस्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा विपक्षी दलहरूको माग सम्बोधन गर्ने सहमति गरे पनि पालना नगरेको भन्दै प्रदेश सभा बैठकमा अवरोध गर्दै आएको छ ।

सरकारले बजेट पास गर्ने वेलामा विपक्षी दलहरूका मागलाई बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरेको तर, अहिलेसम्म त्यस विषयमा कुनै पनि निर्णय नगरेको भन्दै एमाले असन्तुष्ट छ ।

सदनको अवरोध खुलाउने उद्देश्यले सभामुखले आज बोलाएको सर्वदलीय बैठकमा सरकार र विपक्षी दलबीच सहमति जुटे आजै बिहान ११ बजे प्रदेश सभाको बैठक बस्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?