+
+

युवा संघ कोशी प्रदेश अध्यक्षमा अरुण गुरुङ  

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १३:२५

२४ भदौ, विराटनगर । राष्ट्रिय युवा संघको  कोशी प्रदेश अध्यक्षमा अरुण गुरुङ चयन भएका छन् । धरानमा सम्पन्न प्रथम अधिवेशनबाट अरुण गुरुङ अध्यक्ष चयन भएका हुन् ।

उपाध्यक्षमा जयप्रकाश रायमाझी, सचिव विनोद राना, सहसचिव निरजमानसिंह बस्नेत, शरण फागो र कोषाध्यक्ष दीपेन्द्र घिसिङ चयन भएका छन् । प्रदेश कमिटी ८९ सदस्यीय छ ।

युवा संघ मातहत रहेको युथ फोर्सको प्रमुखमा राजन बानियाँ चयन भएका छन् । प्रवक्ताको जिम्मेवारी मनोज रायले  पाएका छन् ।

साइबर सर्कल प्रमुखमा सागर पोखरेल, महिला विभाग प्रमुखमा पार्वती तामाङ र संगठन विभाग प्रमुख आनन्द राई चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?