+
+

डा. भगवान कोइरालाले वीर अस्पतालमा बिरामी जाँच्‍ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १९:३३

२४ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)बाट अवकाश पाएका वरिष्ठ मुटु शल्य चिकित्सक प्रा.डा भगवान कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा आवद्ध भएका छन् ।

अबदेखि उनले न्याम्समा भिजिटिङ प्रोफेसरको रुपमा शैक्षिक कार्यक्रम र वीर अस्पतालबाट मुटु उपचार सेवा प्रदान गर्नेछन् । ‘वीर नेपालको ऐतिहासिक अस्पताल हो । नेपालमा मुटु सेवा जग वीरबाट सुरूवात भएको थियो ।

‘वीरबाट मुटु सेवा विस्तारित र व्यवस्थित हुन सक्यो भने गरिब, विपन्न वर्गले राम्रो सेवा पाउन्छन् भन्ने हिसाबले गत हप्तादेखि नै म न्याम्समा आवद्ध भएको छ’, डा. कोइरालाले अनलाइनखबरसँग भने ।

डा. कोइराला पछिल्लो समय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट सेवा दिएका थिए । उमेर हदका कारण उनी सोही संस्थाबाट गत ९ साउनमा अवकाश पाएका थिए ।

अब वीरबाट मुटुको ओपिडी र शल्यक्रिया सेवालाई नियमित रुपमा गर्ने योजना भएको उनले बताए ।

‘नेपाल मेडिकल काउन्सिलको अध्यक्षको हिसाबले पनि न्याम्सको सिनेटमा रहेको हुन्छु । प्रोफेसरको हिसाबले पनि त्यहाँको पठनपाठनमा आबद्ध हुने नै भएँ’ डा. कोइरालाले भने, ‘भिजिटिङ प्रोफेसर भएकाले पुरै समय दिन सक्दिन होला । तर, सकेको समय वीरलाई दिने कोसिस गर्नेछु ।’

डा. कोइरालाले वीरमा दुई दिन ओपीडीमा बिरामी जाँच्ने र दुई दिन शल्यक्रिया गर्ने योजना रहेको बताए । डा. कोइराला पछिल्लो समय गैर नाफामुलक रुपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) परियोजना सञ्चालन गर्ने योजनामा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?