+
+
Shares

सिक्किममा भएको कञ्चनजंगा फाइट नाइटमा नेपालका ३ खेलाडीको जित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १२:४४

२५ भदौ, काठमाडौं । भारतको सिक्किमस्थित गान्तोकमा आयोजना भएको कञ्चनजंगा फाइट नाइट मिक्स मार्सल आर्टस (एमएमए) नेपालका तीन खेलाडी विजयी भएका छन् ।

ललितपुरको लक एण्ड रोल एमएमए क्लबका कर्मा टासी गुरुङ, कुञ्जन कक्षपति र बुरथोङ राईले आ-आफ्नो प्रतिस्पर्धा जितेका लक एण्ड रोलका प्रशिक्षक डिविज पियाले जानकारी दिएका छन् ।

७५ केजी लाइट वेट समूहमा कर्मा टासीले भारत गुडगाउँ रिबेल क्लबका खेलाडी कौशिकलाई नकआउट गरेका हुन् ।

यस्तै लाइज वेटमै कुन्जनले भारतीय खेलाडी अनिरभलाई टेक्निकल नकआउट गरे भने फिदरवेट समूहमा अर्का खेलाडी बुरथोङले पनि भारतीय खेलाडी हिरकलाई टेक्निकल नकआउट गरे ।

गान्तोकको कञ्चनजंघा फाइट नाइटले सिक्किममै पहिलो पटक एमएमए फाइट आयोजना गरेको हो ।

हाल विश्वमा युवाहरुमाझ निकै चर्चित भइरहेको मिक्स मार्स आर्ट एमएमए नेपालमा पनि पछिल्लो समय चर्चामा आउन थालेको छ ।

छोटो समयमै नेपाली खेलाडीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भएको फाइट इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा फहराइरहेका छन् ।

यस खेलबाट पनि नेपाली खेलाडीहरुले नाम र दाम कमाउने सक्ने र विश्वमाझ चिनाउन सक्ने युवा प्रशिक्षक दिविज पियाले जानकारी दिए ।

नेपालका अर्का प्रो एमएमए फाइटर रविन्द्र धान्तले यही सेप्टेम्बर १५ मा विश्व चर्चित एमएमए वान च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् ।

उनले रुसका टोरोचे डनगकसँग प्रतिस्पर्धा गर्नेछन् । रवीन्द्रको प्रशिक्षक डेविज पिया नै छन् ।

हाल थाइल्याण्डमा रहेका रविन्द्रलाई रुसकै प्रशिक्षकहरुले पनि प्रशिक्षण दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?