+
+

‘कबड्डी’ फिल्म छायांकन भएको थलोमा पर्यटकलाई आकर्षित गर्दै मार्फाली

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १३:४७

काठमाडौं । छायांकन भएको थलोलाई प्रवर्द्धन गरेर फिल्म पर्यटन गर्ने अभ्यास विश्वव्यापी छ । अमेरिकाको हलिउड, युरोपको फ्रान्स र इटालीसहित विश्वका अन्य मुलुकमा सुटिङ भएको फिल्मकै नामाकरण गरेर पर्यटकलाई तान्ने प्रचलन छ ।

फिल्म पर्यटनमार्फत स्थानीयको जीवनस्तर उकास्न यस्तो कार्यले ठूलै भूमिका खेलेको छ । मुस्ताङको थाकखोला क्षेत्रस्थित मार्फाका स्थानीयले यस्तै पहल थालेका छन् । उनीहरुले मार्फामा छायांकन भएको ब्लकबस्टर नेपाली फिल्म ‘कबड्डी’को नामबाट गाउँका विभिन्न थलोदेखि गल्लीसम्मको नाम राखेका छन् ।

‘कबड्डी’ श्रृंखलाका फिल्मबाट प्रभावित भएर स्थानीयले कबड्डी गल्ली नामकरण गरेका हुन् । हुन पनि कबड्डीका चारै श्रृंखलाको छायांकन यहीं वरपर भएको छ । मार्फाको कबड्डी गल्लीमा फोटो खिच्ने, टिकटक बनाउनेको यतिबेला घुइँचो देखिन्छ ।

‘मैले सुटिङ गरेको फिल्म कबड्डीको नाममा अर्को गल्ली फेला पारें । मार्फाका जनतालाई धन्यवाद । बधाई छ सम्पूर्ण कबड्डी टिमलाई । यो हामी सबैका लागि सम्मानको कुरा हो,’ कबड्डी फिल्मका छायाकार शैलेन्द्र डी कार्कीले भने ।

निर्देशक रामबाबु गुरुङ ‘कबड्डी ५’ बनाउने तयारीमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?