+
+

योगेन्द्र तिमिल्सिनाको उपन्यास ‘अक्कर’माथि परिचर्चा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १३:४८

पूर्वी पहाडको जन-जीवन, परिवेशमा लेखिएको उपन्यास ‘अक्कर’माथि परिचर्चा गरिएको छ । शनिवार काठमाडौंको धापसीमा आयोजित कार्यक्रममा प्राध्यापक डा. शैलेन्दुप्रकास नेपाल र साहित्यकार एवं समालोचक ज्ञानु अधिकारीले परिचर्चा गरेका हुन् ।

उपन्यासमाथि परिचर्चा गर्दै प्रा.डा. नेपालले भने, ‘मैले उपन्यास पढ्दै गर्दा त्यसभित्र आफुलाई भेटें ।’ यो उपन्यासले पूर्वी पहाडको एउटा कालखण्डलाई सर्लक्कै उतारिएको यसको कथाले पाठकमा उत्सुकता जगाइरहने बताए । पुस्तक सरल र सहज रुपमा लेखिएकाले पढ्दै जाँदा ससर्ती बुझिने उनले बताए ।

त्यसैगरी पुस्तकको समीक्षा गर्दै साहित्यकार, समालोचक ज्ञानु अधिकारीले आफु तराईमा हुर्किएपनि पूर्वी पहाडी जनजीवनलाई सोही पुस्तकबाट अनुभूत गरेको बताइन् । उनले भनिन्, ‘पूर्वी पहाडमा हुर्किएकालाई त्यो परिवेश, कथा आफ्नै लाग्नसक्छ । फरक ठाउँमा हुर्किएकालाई सो उपन्यासले पूर्वी पहाडको भ्रमण गराउँछ र त्यहाँको जनजीवनको सक्षतकार गराउँछ ।’ खासगरी उपन्यासको सुरुवातमा त्यहाँको परिवेशमाथि गरिएको वर्णनले आफुलाई मोहित बनाएको उनको भनाई थियो ।

परिचर्चा कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. गोविन्द भट्टराईले पनि पुस्तक पठनयोग्य र उत्कृष्ट भएको बताए ।

सो अवसरमा उपन्यासका लेखक योगेन्द्र तिमिल्सिनाले उपन्यासका कथावस्तु, परिवेश २०२८ तिर भएको बताए । पूर्वी पहाडबाट तराईका उर्वर भू–भाग तथा सुगम सहर हुँदै मानिस कसरी अवसरको खोजीमा चक्कर लगाइरहन्छन् भनी कथा तयार गरेका बताउँछन् ।

अक्कर उपन्यास लेखक तिमिल्सिनाको चौथो उपन्यास हो । १५० बढी पृष्ठ भएको उपन्यासमा ३८ अध्याय छन् भने उपन्यासको मूल्य २५० रुपैयाँ रहेको छ । लेखक तिमिल्सिनाको यसअघि पुनर्मिलन, फूल र काँडा, अन्त्यहिन यात्रा उपन्यास प्रकाशित भएका छन् । साथै कथा लेखनमा समेत सक्रिय तिमल्सिनाका ूबैंसको निर्वासित सहर, अनन्त आकास र तीन धारा जस्ता कथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?