+
+

वैदेशिक रोजगारी समस्या समाधानबारे सरोकारवालासँग प्रधानमन्त्रीले सुरु गरे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १:१०

२५ भदौ, काठमाडौं । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरोकारवालाबीच समीक्षा बैठक काठमाडौंमा सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विभिन्न १२ वटा देशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुख र राजदूतहरुलाई यस बैठकमा डाकिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ‘श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भूमिका’ विषयक यो छलफल मंगलबारसम्म चल्ने छ ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला निकायबाट सम्पादन हुँदै आएको सेवा प्रवाहबारे समेत छलफल हुने भएको छ ।

सुरक्षित र आकर्षक श्रम बजारको विस्तार गर्दै द्विपक्षीय श्रम सम्झौताका माध्यमबाट नेपाली श्रम शक्तिको सुरक्षा र मर्यादा कायम राख्न अपनाउनु पर्ने उपायबारे अन्तरक्रिया केन्द्रित रहेको मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?